AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उमाकान्त भगतले भण्डारण गरेको १२७५ केजी तस्करीको मटर विराटनगरबाट बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०८०, शनिबार २०:२६
720
Shares
विराटनगर / खुल्ला सीमाको फाइदा उठाउँदै विराटनगरमा तस्करीको मटर भण्डारण गर्ने र पूर्वी सहरमा पढाउने गरेको पाइएको छ ।

क्यारिङ मार्फत तस्करीको मटर विराटनगरमा भण्डारण गरेर पूर्वी सहरमा पढाउने गरेको पाइएको हो ।

सशस्त्र प्रहरी बल मोरङले छापा हानेर विराटनगरबाट ठुलो परिमाणमा तस्करीको मटर बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी विराटनगरले १२ सय ७५ केजी तस्करीको मटर विराटनगर ९ ठाकुरवारीबाट बरामद गरेको छ ।

बरामद गरेको मटर विराटनगरका किराना पसलका होलसेल व्यापारी उमाकान्त भगतको रहेको प्रहरीले जनाएको छ । विराटनगरमा भगतको ठुलो खाद्यन्यको होलसेल पसल रहेको छ । उनले क्यारिङ मार्फत तस्करी गरी मटर भण्डान गर्ने र विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरेको मटर सशस्त्र प्रहरी विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । बरामद गरेको मटर ५७ हजार ३७५ मुल्य बरावरको रहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर