विराटनगर, ४ चैत / मोरङको कटहरी १ मा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी सासु बुहारीको हत्या गरिएको छ ।
विराटनगरको सिमानामा पर्ने सिंगिया खोलाबाट करिब दुईसय मिटर पूर्व रहेको हुलाकी मार्गसँग जोडिएको कटहरी १ मा स्थित आर्दश टालको एक घरमा आज शुक्रबार साँझ सासु बुहारीको हत्या भएको हो ।
मोरङको कर्सियामा धानको ब्यापार गर्ने ईन्द्रचन्द्र डाँगा साँझ ५ बजे घर फर्कीन्दा श्रीमती र बुहारीको बिभत्स हत्या भएको देखेपछि उनले प्रहरीलाई खवर गरेका थिए । घरमा सासु बुहारी मात्र भएको अबस्था हत्या गरिएको स्थानीयबासीले बताएका छन् ।
ईन्द्रचन्दको श्रीमती ४५ बर्षिया दीपा र बुहारी २२ बर्षिया अस्मिताको हत्या भएको हो । घटनाबारे थप अनुसन्धान भइरहको जिप्रका मोरङले जानकारी दिएको छ । घटना भएकोे स्थानलाई प्रहरीले सिल गरि आबश्यक अनुसन्धान सुरु गरेको छ ।
स्थानीयबासीका अनुसार गोली प्रहारबाट हत्या गरिएको अनुमान गरिएको छ । हत्या कसले, के कारणले गरेको हो अहिलेसम्म खुलेको छैन । प्रहरीले हालसम्म हत्यामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
मारबाडी समुदायको डाँगा परिवारले पहाडे मुलकासँग बिवाह गरेका थिए । सासु दीपाको माइती निरौला र बुहारी अस्मिताको माइती भट्टराई भएको बताईएको छ ।
समाचार तयार पार्दा सम्म अनुसन्धान अगाडी बढीरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।