AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजकी ममता राई विएचएम मा नेपाल तेस्रो भएको दावी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०८०, मंगलवार १४:२४
171
Shares
विराटनगर / विराटनगर–९ मा रहेको एम्स कलेजमा विएचएम मा अध्ययनरत विद्यार्थी ममता राइले नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम स्थान हासिल गरेको दावी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विएचएम चौथो सेमेष्टरको परीक्षाफलमा ३.९८ जिपिए प्राप्त गरि नेपालको तेस्रो तथा कोशी प्रदेश भरिमा प्रथम स्थान हासिल गरेको कलेजले दावी गरेको हो ।

यस अघि पनि ममताले प्रदेश स्तरमा उच्च स्थान प्राप्त गर्न सफल भएकी थिइन्। विगत ५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको विएचएम मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको एम्स कलेजका क्याम्पस प्रमुख शशांक पोखरेलले जानकारी दिए । शिक्षक,अभिभावक र विद्यार्थीको निरन्तर अभ्यास र प्रयत्नले सधै जस्तै यस पटक पनि कलेजले उत्कृष्ट नतिजा प्राप्त गरेको क्याम्पस प्रमुख पोखरेलले बताए ।

विद्यार्थीको भविष्य बनाउनका लागि कलेजले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको र त्यसले सार्थकता पनि प्राप्त गरेको कलेजका अध्यक्ष तुलसीप्रसाद पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर