AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद बाबु चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०८०, शुक्रबार १७:३६
468
Shares
विराटनगर / नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्।

विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाई सर्वसम्मत चयन भएको नेपाल क्रिकेट संघ मोरङका निर्वतमान अध्यक्ष नविन घिमिरेले बताए ।

अध्यक्षमा निर्वाचित भएपछि मोहम्मद सादले भने, ‘विगतमा भएका राम्रा कुरालाई साथ लिएर जिल्लामा क्रिकेटलाई थप सक्रिय बनाउनेतर्फ ध्यान केन्द्रित छ। क्रिकेटका लागि आवश्यक मैदान निर्माणका लागि निकायमा पहल गर्नेछौँ । ’ उनी पूर्व क्रिकेटर हुन्। रोशन कुमार बुढाथोकी,अम्बिका बुढाथोकी,रोजी राई, मनोजकुमार चौधरी, मनोज मण्डल, कुन्दन सिंह,सुनिल पौडेल, विवेक झा, प्रविन भण्डारी, राजेश पोखरेल र सर्वजितराज पाण्डे सदस्यमा चयन भएका छन्।

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशन असोज पहिलो साता काठमाडौँमा हुँदैछ। कोशी प्रदेशका पाँच जिल्ला इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा क्यानको शाखा रहेको छ। अधिवेशनका क्रममा सबै जिल्लामा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर