AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको हुलाकी सडक बनाउन माग राख्दै सिडियो कार्यालय अगाडी धर्ना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ श्रावण २०८०, आईतवार १९:०५
1.87k
Shares
विराटनगर / मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।

नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका छन् । उनीहरुले विहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने गरेका छन् । धर्नामा नेपाली काँग्रेस, एमाले, माओवादी, जसपा र कटहरी उद्योग वाणिज्य संघले पनि समर्थन गरेको छ ।

हुलासी सडक समयमै निमार्ण नहुँदा झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् ।

सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरीका स्थानीय तथा नागरीक संघर्ष समितिका सदस्य सञ्जय मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा खानामा धुलो खान बाध्य भएको उनले सुनाए ।

एक महिना यता सडकको काम ठप्प पारेका छन् । बिना जानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाकोसमेत सम्पर्कमा छैनन् । बनाउँदा–बनाउँदैको सडक अलपत्र पारेर सम्पर्क विहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन् ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रक खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।

२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ ।

ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रसन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर