पूर्वाञ्चल खबर

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हो । थापाले आजै गरेको मन्त्रिमण्डल माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् । जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरुले मन्त्रालयको जिम्मा नपाई सर्वाेच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो ।