AArya
RUMPUM
animated ellipse animated ellipse

एक सातापछि उर्लाबारीको फोहोर उठ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७३, बिहीबार १९:४३
3
Shares
तस्विरःमंगलबारे चोकमा थुपारिएको फोहोर
गोविन्द पोखरेल
उर्लाबारी, ३ चैत / एक सातादेखि उठ्न नसकेको उर्लाबारी नगर क्षेत्रकोे फोहोर आज बिहीबारदेखि पुनः उठ्न थालेको छ । नगरपालिकाले अस्थायी रुपमा फोहोर विर्सजन स्थल उपलब्ध गराएपछि मेचीमहकाली इन्भारोन्मेन्ट केयर प्रालिले बिहीबारदेखि उर्लाबारीको फोहोर उठाउन शुरु गरेको छ ।
नगरपालिकाले उर्लाबारी–५का ललित अधिकारी र खड्गराज अधिकारीको नाममा रहेको तीन विगाहा ५ कठ्ठा जमिनमा लिजमा लिएर फोहोर विर्सजन गर्न थालेको हो ।
नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले भने–‘तत्कालनका लागि अस्थायी रुपमा जग्गा लिजमा लिई फोहोर व्यवस्थापन गर्न थालिएको छ । ’ यस्तै, फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि जग्गा खरिद पक्रिया अगाडि बढेको समेत उनले जानकारी दिए । चालू आर्थिक वर्षमा उर्लाबारी नगरपालिकाले डम्पिङ साइट निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
फोहोर विर्सजन स्थल र सुरक्षाको प्रत्याभुति नभएको भन्दै उर्लाबारी नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकालीले गत गत सातादेखि नगर क्षेत्रको फोहोर उठाउन छाडेको थियो ।
साविक उर्लाबारी–३(हाल वडा नम्बर ६)मा यस अघि उर्लाबारी नगर क्षेत्रको फोहोर विर्सजन हुदै आएको थियो । दुर्गन्ध तथा प्रदूषण भएको भन्दै स्थानीयवासीले त्यस क्षेत्रमा फोहोर विर्सजनमा रोक लगाएका थिए ।
आज उर्लाबारी चोक क्षेत्रबाट १० ट्रायाक्टर फोहोर उठेको मेचीमहाकाली इन्भारोन्मेन्टका उर्लाबारी प्रबन्धक नेत्र घिमिरेले जानकारी दिए । दुगन्र्ध फैलिन सक्ने भन्दै उनले उठाइएको फोहोरलाई पहिलो दिनबाटै पुरिएको घिमिरेले जानकारी दिए ।
यसैबीच उर्लाबारी नगरपालिकामा आजै नगर क्षेत्रका सबै वडा(साविक मधुमल्ला,राजघाट र उर्लाबारीसहित)का राजनीतिक दलहरुको पहिलो बैठक नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बैठकमा उर्लाबारी नगर क्षेत्रको फोहोर विर्सजन स्थलको सवालमा राजनीतिक दलहरुले आ–आप्mनो वडाहरुमा डम्पिङ साइटका लागि जग्गा खोजी गर्ने प्रतिबद्धता जनाएको कार्यकारी अधिकृत थापामगरले जानकारी दिए ।

          मंगलबारे चोक क्षेत्रको फोहोर उठेन
आजैदेखि उर्लाबारी नगर क्षेत्रको फोहोर उठाउन शुरु गरिएको भनिएपनि वडा नम्बर–३ मा पर्ने मंगलबारे चोकमा भने विगत १० दिनदेखि फोहोर उठाइएको छैन । चोक क्षेत्रमा असरल्ल फोहोरहरु छरिएपनि सम्बन्धित निकायले फोहोर व्यवस्थापनको सवालमा कुनै चासो नदेखाएको स्थानीय भाष्कर बुढाथोकीले बताए । सो क्षेत्रमा फोहोर व्यवस्थापन हुन छाडेपछि दुर्गन्ध फैलिनुका साथै चोकमा जमिन प्रदूषण बढ्न थालेको छ । उक्त क्षेत्रको फोहोर व्यवस्थापन शुक्रबारदेखि प्रारम्भ गरिने मेचीमहाकालीका प्रबन्धक घिमिरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर