छालाको क्यान्सरबाट पिडीत भएकी श्रीमतीको उपचारको लागी विराटनगरको सास्थाम कलेजमा आर्थिक संकलन गर्दै गायक विनोद गुरुङ र उनका १३ बर्षिय छोरा विवेक गुरुङ र १८ वर्षिया शिवानी गुरुङ । तस्वीर प्रेम लुङ्गा
विराटनगर ३ चैत्र ।/ कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का चर्चित गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा परेका छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका हुन् ।
आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बेला विराटनगरको चोक र स्कुल कलेजमा आर्थिक संकलन गरिरहेका छन ।
विगत एक महिना देखि विराटनगरको स्कुल कलेजमा आफनो गित गाउदै गीतको सिडी बेच्दै उनी श्रीमती रिताको उपचारकालागि खर्च जुटाईरहेका छन् ।
विहिबारमात्र विराटनगरको सास्थम कलेजमा गीत गाएर उनलाई कलेज, शिक्षक, विद्यार्थी मिलेर जम्मा २७ हजार दुई सय ७५ रुपैया संकलन गरि पिडीत गायकलाई हस्तान्तण गरिएको कलेजका प्रशासन प्रमुख राजेस गुरुङले जानकारी दिए ।
गायक गुरुङ यो बेला सबै नेपालीहरुले सहयोग गर्नु पर्ने बताउँछन् । दुःखको बेला सबैले हातेमालो गरेर गायकलाई सहयोग गरी क्यान्सरबाट पिडीत भएकी श्रीमतीको उपाचारको लागी थोरै भए पनि राहत मिल्ने उनले बताए ।
श्रीमतीको उपचारकालागि रकम जुटाउनु गुरुङले विराटनगरका दुई दर्जन भन्दा बढी शिक्षण संस्थामा समेत पुगेर आर्थिक संकलन जुटाईरहेका छन् ।