पूर्वाञ्चल खबर

नेपाल कृषि प्रधान देश भएपनि शहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका बिषयमा जानुन भन्ने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताए । उनले कृषकहरुको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यवहारिक ज्ञान दिलाउन रोपाई गरिएको बताए।
झोराहाट नाट्य समूहका सञ्चालक तथा नाट्यकार भरत गुरागाई (बरबरिक) ले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एभरेष्ट स्कुलले व्यवहारिक शिक्षामा दिएको जोडको प्रशंशा गरे। कार्यक्रममा सहभागि विद्यार्थीहरुले रोपाईंका बिषयमा जानकारी पाएको मात्र नभई निकै रमाइलो अनुभूति भएको प्रतिकृया दिएका छन् ।