AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०८०, शुक्रबार ०८:११
117
Shares
फाइल फोटो
ओखलढुंगा / ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ८ मा गएराति पहिरो पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

गएराती त पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ ३६ वर्षीय शिवमाया, उनका छोरा १० वर्षीय दिनेश र १८ महिने छोरी कृतिकाको मृत्यु भएको छ । तीनजनाको शव निकालिएको छ भने दिपेशको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पहिरोले सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि भत्किएको छ । सो घरका सदस्यहरुले भागेर ज्यान जोगाएका थिए । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा उद्धारमा परिचालित रहेको प्रहरीले जनाएको छ ।

२०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । करिब १५० घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर