पूर्वाञ्चल खबर
विद्यालयका प्रधानाध्यापक परेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढीगंगा गाँउपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरिबिका कारणले शिक्षाको उज्यालो ज्योतिबाट विमुख हुन पुगेका २३ जना बालबालिकालाई छात्रवृत्ति प्रदान गरेकोमा हर्ड नेपाललाई धन्यवाद दिएका थिए।
हर्ड नेपालका संस्थापक अध्यक्ष राकेशकुमार यादवले छात्रवृत्ति प्राप्त गरेका बालबालिकालाई वर्ष भरिको लागि आवश्यक पठनपाठन खर्च, शैक्षिक सामाग्री, कपडा, जुत्ता, झोला उपलब्ध गराउदै आएको बताए।अपलिप्ड अ भाइल्ड संस्था अन्तर्गत हर्ड नेपालले नेपालसहित अन्य ७ वटा देशहरुमा करिब ४५ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको यादवले बताए । यी २३ जना विद्यार्थीलार्इ उच्च शिक्षा सम्म छात्रवृत्ति निरन्तर रहने उनले बताए । मोरङ जिल्ला भरिका विद्यालय छनौट गर्दा जेभियर्स स्कुल मापदण्ड अनुसार उत्कृष्ट भई छनौट भएकोले जेभियर्स स्कुलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उनले बताए।
कार्यक्रममा बुढीगंगा गाँउपालिकाका निर्वाचित जनप्रतिनिधि लोकनाथ चौधरीले मोरङ जिल्लाकै उत्कृष्ट विद्यालय जेभियर्स स्कुलमा छात्रवृत्ति प्रदान गरेर अध्ययन गर्ने अवसर प्रदान गरेकोमा हर्ड नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रममा समाजसेवी बाबुराजा ओझा, गोविन्दप्रसाद पोखरेल, विद्यालयका सञ्चालकद्वय जनक ढकाल र तुलसी खतिवडालेलगायतले बोलेका थिए ।