AArya
RUMPUM
animated ellipse animated ellipse

धर्म र संस्कृतिमा पनि पुस्तान्तरण आवश्यक छ : मेयर कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ जेष्ठ २०८०, शनिबार १८:४७
108
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काली मन्दिर विराटनगरको पहिचान र एकताको प्रतीक भएको बताएका छन् ।

उनले धर्म र संस्कृतिमाथि पछिल्लो समय आक्रमण भइरहेको उल्लेख गरे । मेयर कोइरालाले पुस्तान्तण हुँदै गएमा मात्रै धर्म र संस्कृतिको संरक्षण हुने दाबी गरे । विराटनगरस्थित काली मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको गरिब तथा विपन्न महिलाहरुका लागि सारी वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका तर्फबाट कला, साहित्य, धर्म र संस्कृतिको विकास र संवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने प्रस्ट पारे ।

सो अवसरमा व्यवस्थापन समितिले गरिब तथा विपन्न महिलाहरुलाई सारी वितरण गरेको छ । समितिले विराटनगर–११ का महिलाहरुलाई सारी वितरण गरेको हो । आज मन्दिर परिसरमा आयोजित एक समारोहमा मेयर कोइराला र मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालले सारी वितरण गरे ।

विराटनगर–११ मा बसोबास गर्ने गरिब तथा विपन्न महिलाहरुलाई सारी वितरण गरिएको व्यवस्थापन समितिकी अध्यक्ष डा. नेपालले जानकारी दिइन् । सोही अवसरमा गत बडादशैंमा मन्दिरमा स्वयमसेवकका रुपमा कार्यरत ६० जना युवायुवतीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा व्यवस्थापन समितिकी अध्यक्ष डा. नेपालसहित उपाध्यक्ष चन्द्रमणि न्यौपाने, निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठ, कोषाध्यक्ष सुवर्णभक्त जोशी, सञ्चालक समिति सदस्य गोपाल गुप्ता, स्वयमसेवक परिचालन समितिका संयोजक दीपक साहलगायतले मन्तव्य व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर