AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ अझै सहज हुन सकेन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०७३, बुधबार १७:०९
3
Shares
विराटनगर, २ चैत / पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ  वितरण अझै पनि सहज हुन सकेको छैन ।
सम्बन्धीत निकायको बेवास्ताका कारण तीन साता अघिदेखि इन्धन वितरण असहज बनेको थियो । इन्धन फागुन पहिलो साताबाट अभाव हुन थाले पनि अहिले सम्म त्यो जारी छ । यस अघि अभाव हुनुमा भारतको बरौनी डिपोमा मजदुरको आन्दोलनले इन्धन लोड हुन नसक्नु, नेपालमा ट्यांकर चालकको आन्दोलन, मधेसी मोर्चाको आन्दोलन तथा सार्वजनिक विदा लगायतका कारण देखाइएको थियो ।
 त्यस यता उपभोक्ताले पेट्रोल र डिजेल पाउन सकिरहेका छैनन् । अहिले आएर नेपाल आयल निगमले होली विदाका कारण भारतको बरौनी डिपोबाट लोड हुन नसकेकाले बजारमा केही अभाव देखिए जस्तो भएको बताएको छ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले होली विदा सकिएर बरौनीबाट नियम रुपमा आयात हुन थालिसकेका कारण अभाव हट्ने दावी गरे ।
 ‘यस अघि अव्यवहारिक र अवैज्ञानिक रुपमा वितरण गर्ने गरिएका कारण पूर्वमा लामो समयदेखि अभाव देखिएकै हो,’ उनले भने, ‘त्यहींमाथि होली विदाको प्रभाव पनि इन्धन आयात र वितरणमा पर्न गयो ।’ खनालले वितरणलाई पारदर्शी बनाइएका कारण अव पूर्वमा इन्धनको कुनै समस्या नहुने बताए । यस अघि नै इन्धनमा देखिएको ७५ प्रतिशत समस्याको समाधान भइसकेको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर