विराटनगर / मानव बेचबिखनको रोकथामका लागि खुल्ला सीमामा विशेष निगरानी गर्नुपर्ने सहभागीहरुले सुझाव दिएका छन् ।
उनीहरुले जोखिम उन्मुख समुदायको पहिचान गरी यसलाई रोकथाम गर्न विशेष पहल एवं जनचेतना जागृत गराउनु पर्नेमा जोड दिएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरवार काठमाण्डौद्वारा आज विराटनगरमा आयोजित मानव बेचविखन सम्बन्धी प्रदेश स्तरीय अभियान तथा मानव बेचबिखन विरुद्ध राष्ट्रिय नीति र कार्य योजनाको मस्यौदा उपर छलफल तथा परामर्श गोष्ठमा सहभागीहरुले उक्त्त सुझाव दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गोष्ठीको उद्घाटन गर्दै खुल्ला सीमामार्फत हुने वेचविखन तथा अनैतिक क्रियाकलाप रोकथामका लागि सिसि टिभि र विष उज्यालोको व्यवस्था गर्ने बताउँदै शिक्षाको विस्तार गरी समाजमा जनचेतना जागृत गराउनु पर्ने आवश्यक्त्ता रहेको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबैको सहयोगमा न्याय सम्पादन कार्यान्वयन गर्ने विचार राखे ।
मन्त्रालयकी सह–सचिव लक्ष्मीकुमार बस्नेतले मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि मन्त्रालयबाट गरिएका प्रयासहरु र भावी कार्यदिशा , कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी दुर्गा बरालले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको क्षेत्रमा मन्त्रालयका नीति तथा कार्यक्रम र प्रयासहरु र रत्नकाली बज्राचार्यले मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकहरुको बेचबिखन तथा आसोसपसार विरुद्धको राष्ट्रिय नीति था राष्ट्रिय कार्ययोजनाको मस्यौदा विषयक कार्यपत्र प्रस्तुत गरे ।
छलफल कार्यकममा सामाजिक विकास मन्त्रालयका कर्मचारी, प्रदेशका महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्ने विभिन्न सामाजिक सङ्घसंस्थाहरुका प्रतिनिधिहरुले महिला तथा बालबालिका वेचबिखन रोकथामका लागि तीन तहको सरकारीवीच समस्वय गरी गरी अगाडि वढ्नु पर्नेमा जोड दिएका थिए ।