पूर्वाञ्चल खबर
आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुख चुतरलाल चौधरी (रमेश), सचिवमा जीतन थापा रहेका छन् । सदस्यहरुमा निर्मला गुरूङ्ग, दिलमाया गुरूङ्ग, कोशन महासेठ, प्रभुदेव शिवाकोटी, सपुत तामाङ्ग, तुलसी सुवेदी, प्रमिला खत्री, सार्थक पोखरेल, प्रेम चौधरी, ओम श्रेष्ठ, हेम सुनवार, धनबहादुर लकान्त्री रहेका छन् ।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकाडेमीका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तुलसी मैनाली, मदन भण्डारी एकाडेमीका उपमहासचिब मदन उप्रेती, आइटिएफ तेक्वाण्डोका उपाध्यक्ष प्रविणकुमार कार्की, मदन एकाडेमीका केन्द्रीय सदस्य नारायणप्रसाद बराललगायतको उपस्थती रहेको थियो ।
कार्यक्रममा आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटीले खेलाडीको विकासमा आइटिएफ तेक्वाण्डो विभाग लागि पर्ने बताइन् । उनले खुेलकुद क्षेत्रको विकासमा गठन भएको विभाग लागि परेर अगाडी बढने बताइन् ।