AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा प्रजातान्त्रिक अभ्यास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०८०, शनिबार १९:२३
3
Shares
विराटनगर / विराटनगर–१० मा रहेको कोशी विद्या मन्दिरमा स्कूल क्याप्टेन छान्न चुनाव गरेको छ ।

प्रजातान्त्रिक संस्कारको विकास गदै स्कूलमा भएको चुनावबाट स्कूल क्याप्टेन, उप क्याप्टेन, हाउस क्याप्टेन र स्कूलमा रहेको वाल क्लवको पदाधिकार छान्न चुनाव गरेको हो । नेपालको प्रजातान्त्रिक व्यवस्था, जनप्रतिनिधित्व प्रणाली तथा निर्वाचन प्रणालीको मर्म बालबालिकाहरुलाई व्यावहारिक ढँगले सिकाउनु भनेको बालबालिकामा सानै उमेरमा प्रजातान्त्रिक संस्कारको विकास हुनु हो भन्ने कुरालाई आत्मसात् गरि स्कूलमा चुनाव गरेको सकूलका निर्देशक राजेशकुमार दासले बताए ।

निर्वाचनमा स्कूलमा अध्ययनरत कक्षा एकदेखि कक्षा दससम्मका करिव ७ सय विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर