AArya
RUMPUM
animated ellipse animated ellipse

भारत लैजान लागेको तीन जना किशोरीको उद्धार, किशोरी लाने एकजना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ जेष्ठ २०८०, शनिबार १८:५५
567
Shares
विराटनगर / आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ ।

प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको उद्धार गरेको हो ।

रुकुम पश्चिमका दुई जना र सल्यानका एक जना किशोरी विराटनगरको २ नम्बर डाटबाट उद्धार गरिएको छ । उनीहरूलाई भारतमा ८० हजारदेखि १ लाख रुपैयाँसम्म कमाई हुने प्रोलोभनमा पारी गिरोहले भारत लैजान लागेका थिए । उनीहरुलाई साथ लिएर जाने सुनसरीको इटहरी ३ का ४७ वर्षीया कमलप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने सहयोगी रहेको बुझिएको छ । ती किशोरीहरुलाई भारत लैजाने मुख्य गिरोह फरार छन् । उनको पनि खोजी कार्य प्रहरीले तिव्र बनाएको छ ।

‘भारतको बेङलोरमा काम गर्दा राम्रो पैसाँ र सेवा सुविधा पनि हुने भन्दै रुकुम पश्चिममा किशोरीहरुलाई विराटनगर बोलाएका रहेछन् । उनीहरुको भेट केही दिन अगाडी विराटनगरमा लागेको महोत्सवमा भेटिएको रहेछ । तेही महोत्सवमा दलाल र ती किशोरीहरुको भेट भएको छ । मासिक ८० देखि १ लाख रुपैयाँसम्म कमाई हुने भनेपछि किशोरीहरू पनि मख्ख पारी दलालमार्फत भारत लैजान लागेको खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जनकुमार दाहालले भने ।

पक्राउ परेका भट्टराईलाई प्रहरीले मानव बेचबिखन तथा ओसार–पोसार मुद्दामा हिजो म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर