AArya
RUMPUM
animated ellipse animated ellipse

रंगेली ५ का वडा अध्यक्ष मण्डल र सदस्य ऋषिदेव पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०८३, बिहीबार १९:००
81
Shares
विराटनगर / झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५५ वर्षीय वडा अध्यक्ष महानन्द मण्डल र सोही वडाका ४६ वर्षीय सदस्य गणेश ऋषिदेव रहेका छन् । उनीहरूलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, स्थानीय मनुवा कुमार महतोले अधनुनिया महतो आफ्नो आमा भएको दाबी गर्दै नागरिकताका लागि निवेदन दिएका थिए । सो विवरण झुटो भएको जानकारी हुँदाहुँदै वडा अध्यक्ष मण्डल र सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकता दिलाउन सर्जमिन मुचुल्कासहितको सिफारिस गरिदिएको आरोप छ । झुटो विवरणमा सिफारिस गरिएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० मकेन्द्र कुमार मिश्रले पक्राउ परेका दुवै जनामाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरीले नागरिकता ऐन बमोजिम कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर