उर्लाबारी, १ चैत्र /जिल्ला वन कार्यालय मोरङले मंगलबारदेखि वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह शुरु गरेको छ ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय मोरङले आपूm मातहतमा रहेका तीन वटै सेक्टर वन कार्यालयहरुबाट पायक पर्ने ठाँउहरुमा समुदायसँग सहकार्य गरी जनचेतनामूलक ¥याली निकालेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पूर्वी मोरङमा सेक्टर वन कार्यालय मंगलबारेले पथरीशनिश्चरेमा ¥याली निकालेको थियो । वन कार्यालयका प्रमुख तारणीप्रसाद चौधरी नेतृत्वको ¥यालीले पथरी नगर क्षेत्र परिक्रमा गर्दै हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरीशनिश्चरे अगाडि आएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला वन कार्यालयकी निमित्त प्रमुख सरोजकुमारी कोइराला, वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकूर,पथरीउर्लाबारी रेफो महासंघका अध्यक्ष रत्नबहादुर बस्नेत,पत्रकारहरुको तर्पmबाट जगन्नाथ भट्टराई लगायतले मन्तव्य राखेका थिए । सुख्खा तथा हावाहुरीको मौसममा सानो लापारवाहीको कारण वन जंगलमा भिषण डेढेलो फैलिन सक्ने बताउदै कार्यक्रमको आयोजना गरिएको सेक्टर वन कार्यालय मंगलबारेका प्रमुख तारणीप्रसाद चौधरीले जानकारी दिए ।
कार्यक्रममा वन डेढेलोबाट हुने क्षति र असरका बारेमा जानकारी गराइनुका साथै वन जंगलललाई डढेलोबाट जोगाउनक लागि अपिल समेत गरिएको सेक्टर वन कार्यालय मंगलबारेका रेञ्जर विश्वराज पण्डितले जानकारी दिए । कार्यक्रममा पर्चा तथा पम्पलेटहरु पनि वितरण गरिएको थियो । जिल्ला वन कार्यालय मोरङको सप्ताहाव्यापी कार्यक्रममा जनचेतनामूलक ¥याली,डढेलो नियन्त्रण सम्बन्धि सचेतना,स्थलगत प्रयोगात्मक अभ्यास,निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता,अन्तरक्रियात्मक गोष्ठि लगायत रहेका छन् ।