खबर पूर्वाञ्चल
आज स्कुलमा एक कार्यक्रमको आयोजना गरि बुद्घ जयन्ती मनाएको हो । कार्यक्रमको शुरुमा कक्षा नर्सरीदेखि कक्षा दुईसम्मका स–साना बच्चाहरु भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए । त्यस पछि कक्षा ५ का अनुभव पौडेल र कक्षा ९ की साम्राज्ञी बस्नेतले सान्तिसँग सम्बन्धित कविता वाचन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिएका थिए । कक्षा २ र ३ का छात्राहरुको ‘ फेरी अर्काे बुद्ध पठाइदेउ ’ बोलको गीतमा रहेको नृत्य र कक्षा ७, ८ र ९ का छात्राहरुको ‘ बुद्ध जन्मेको नेपालमा ’ बोलको गीतमा रहेको सामूहिक नृत्य पनि त्यतिकै आकर्षक रहेको थियो । त्यसै गरि कक्षा ९ र १० का विद्याथीहरुले बुद्धसँग सम्बन्धित ‘ फुलको आँखामा फुलै संसार’ र ‘ जहाँ छन् बुद्धका आँखा ’ बोलको गीत गायन प्रश्तुत गरेका थिए ।
कार्यक्रममा विषेश भुमिका निर्वाह गर्नुहुने शिक्षकद्धय विनोद चौधरी र दिपेन्द्र थापा तथा शिक्षिका मन्जु श्रेष्ठलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्लग्न रहेका संपूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले धन्यवाद दिएका थिए ।