AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री कार्की पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०८०, शनिबार १८:४२
369
Shares
फाइल तस्वीर
विराटनगर / कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्।

बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन् ।

भेडेटारको नाम्जेमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री कार्की नाम्जे जाने कार्यक्रम थियो।

मुख्यमन्त्री कार्की नाम्जे जाने भएपछि सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जंगलमा ब्यापक प्रहरी परिचालन गरेको थियो। तर, कोशी प्रदेश खारेजीको माग राखेर पहिचानवादीहरू सडकमा आन्दोलन उत्रिएपश्चात् मुख्यमन्त्री कार्कीको धनकुटा जाने कार्यक्रम स्थगित भएको प्रहरीले बताएको छ।

पहिचानवादीले धरानको विभिन्न स्थानमा भेला भएर मुख्यमन्त्री कार्कीविरुद्ध पर्दशन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर