AArya
RUMPUM
animated ellipse animated ellipse

छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई अरनिको कलेजद्धारा सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०८०, बुधबार १४:३१
576
Shares
विराटनगर / छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ ।

पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रा वृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।

अरनिको कलेजमा अध्यनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यसैगरी बीडीएसमा तीनजना, बीएससी एग्रीकल्चरमा ७ जना, इन्जिनियरिङ्गमा २६ जना, बीपिएचमा ३, बीएससी एमएलटीमा एक जना र बीएससी नर्सिङमा दुई जना गरी अरनिको कलेजबाट कक्षा–१२ सकेका ४८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नामनिकाल्न सफल हुने विद्यार्थीहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य राजेस कार्कीले बताए ।

यसैगरी कलेजमा स्थापना गरिएको कोषबाट ७ जना विद्यार्थीलाई प्रदान गरिएको छ । दिवश थापाद्धारा स्थापित सुरेन्द्र थापा र रीताथापा छावृत्तिबाट निरमाया तामाङ्ग, विवेक रौनियारलाई पूर्ण छात्रवृत्ति प्रदानगरिएको छ । यस्तै विभसना किरण रेग्मी, मरिया सिलवाल, पियुष नेपाल र नितेश रौनियारलाई जनही पाँचहजार रुपैयाँले पुरस्कृत गरिएको छ । निलहरि भण्डारी छात्रवृत्तिमा दीक्षा गुरूङलाई प्रदान गरिएको छ ।

सोही अवसरमा कलेजको मुखपत्र अरनिको दपर्ण नामको पत्रिका विमोचन गरिएको छ । उक्त पत्रिकामा स्कुलका गतिविधी र विद्यार्थीको रचनाहरु समावेश गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेल, अरनिको आवासिय माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकास खनाल, कलेजका सञ्चालक सम्पादक डा. भविन्द्र निरौला आरोहण गुरुकुल विराटनगरका महासचिव तथा साहित्यकार दिवस पोखरेल, साहित्यकार भरत गुरागाई र दिनेश सुवेदी, पुस्तकका प्रवन्धसम्पादक दिनेश श्रेष्ठले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर