पूर्वाञ्चल खबर
स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी एसइई दिएका ३३ विद्यार्थीहरुलाई विदाई गरेको हो ।
विदाई कार्यक्रम कक्षा ९ का विद्यार्थीहरूले गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष केशवलाल सिंह सुवालले गरेका थिए ।
कार्यक्रममा मध्य विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले विद्यार्थीहरुलाई मायाको चिनो दिएर विदाइ गरेका थिए ।
शिक्षक विपिन यादव, उपा अधिकारीले विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीले गायन तथा नृत्य प्रस्तुत गरी रमाईलो गरेका थिए ।