AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०७९, शुक्रबार १३:५७
198
Shares
विराटनगर / संघिय सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । प्रदेशको नाम कोशी राखेको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा लिम्बु घाइते भएका थिए । उपचारका क्रममा उनको १० गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

सहिद घोषणाको माग गर्दै आफन्तले शव बुझेका छैनन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर