विश्वक्रिकेट लिगमा नेपालकाे सानदार जीत,केन्या सात विकेटले पराजित
पूर्वाञ्चल खबर
३० फाल्गुन २०७३, सोमबार १६:४३
3
Shares
काठमाडौं, ३० फागुन / विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगतको केन्यासँगको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालले आज सोमबार काठमाडौंको पियू क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धकोे खेल जित्नै पर्ने अवस्थामा सोमबार केन्यालाई सजिलै पराजित गरे पछि नेपालको झिनो सम्भावना कायमै रहेको छ ।
यो जितसँगै नेपालले च्याम्पियनसीपको शिर्ष चार स्थानमा पुग्ने सम्भावनालाई गणितीयरुपमा जिवित राखेको छ । अब नेपालले हङकङ र यूएइसँग बाँकी चार खेल खेल्ने छ ।
१ सय ५६ रनको विजय लक्ष्य पछ्याएको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरी सो लक्ष्य ३० दशमलव २ बलमा ३ विकेट गुमाई पार गरेको थियो ।
पहिलो १० ओभरमा नेपालले २ विकेट गुमाएर ५१ रन बनाएको छ । ओपनर सुनिल धमाला र सागर पुन आउट सस्तैमा गुमाएको नेपाललाई कामचलाउ कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ सम्हालेका थिए ।
एक समयमा ३ दशमलव ४ बलमा १४ रनमा २ विकेट गुमाएको स्थीतीमा ज्ञानेन्द्र र दिपेन्द्रले १ सय ४० बलमा १ सय ११ रनको साझेदारी गरी नेपालको इनिङ सम्हालेका थिए ।
ज्ञानेन्द्रले ९३ बलमा १ छक्का र ८ चौका प्रहार गरी नटआउट ६४ रन र दिेपेन्द्रले विस्पोटन ब्याटिङ गर्दै ६६ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ६२ रनको इनिङ खेलेका थिए । त्यस्तै सरद भेश्वाकरले ११ बलमा आक्रामक ब्याटिङ गर्दै नटआउट २४ रनको योगदान दिएका थिए ।
सागर पुनले ५ रन र सुनिल धमलाले १ रनमा आउट भएका थिए । केल्याका ओटिनोले २ विकेट र सि. ओवुयाले १ विकेट लिएका थिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्या। शरद भेषवाकरले घातक बलिङसामु निरीह हुदै १ सय ५५ रनमै अलआउट भएको थियो ।
निर्धारितत ५० ओभरको खेलमा केन्या ४६ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ५५ रन बनाउँदै अलआउट भएको थियो । केल्याका सि.ओवुयाले ४८ रन, करिमले ३८ रन, पटेलले २१ रन, ओढीयम्बोले १५ रन र कौलले १४ रन बाहेक नेपालका बलरसामु खेल्न सकेनन् ।
नेपालका सरद भेश्वाकरले ७ दशमलव १ बलमा २८ रन दिएर ४ विकेट, मेहबुब आलम र बसन्त रेग्मीले २–२ विकेट लिएका थिए । आलमले ७ ओभर बलिङ गर्दै ५ मेडन राख्दै २ रन दि भने रेग्मीले ८ ओभरमा १ मेडन राख्दै २४ रन दिएका थिए । त्यस्तै सागर पुन र सन्दिप लामिछानेले १–१ विकेट लिएका थिए । पुनले ७ ओभर १९ रन दि भने लामिछानेले १० ओभरमा ३५ रन दिएका थिए ।
९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ । ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी दोस्रो र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा रहेका छन् ।