AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमणक प्रयास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७९, मंगलवार १७:१७
153
Shares
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर / नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ ।

आज ताप्लेजुङ पुगेका आङ्बोमाथि प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले आक्रमणको प्रयास गरेको हो ।

प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो ।

बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको पहिचान नभएको बताउँदै डिएसपी लिम्बूले घटनाको अनुसन्धान भइहरेको बताए ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएको समूह आन्दोलनमा छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।

आज पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा आङ्बोमाथि आक्रमण प्रयास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर