AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७९, मंगलवार १६:५४
144
Shares
विराटनगर / राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
उनीहरुलाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे ।

दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्तवपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई पनि सम्मान गरेको छ ।

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही एक लाख एक हजारसहित सम्मान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर