पूर्वाञ्चल खबर
विराटनगरमा आज संचारकर्मीहरूसँगको परिचत्यामक कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले यस्तो बताएका हुन् । उनले ट्राफिक व्यवस्थापन मजबुत बनाउँदै कोशी प्रदेशको राजधानी विराटनगरमा सवारी आवगमन चुस्त दुरुस्त बनाएर अगाडी बढने बताए । सडक सुशासन कायम गर्दै ट्राफिक व्यवस्थापनमा सक्रिय रुपमा लागि पर्ने उनले बताए ।
सवारी साधनको व्यवस्थित पार्किङ अभियानलाई विराटनगर महानगरपालिकासँग सहकार्य गरेर अगाडी बढने उनले बताए । विराटनगर महानगरपालिकाले कोशी प्रदेशको राजधानी विराटनगरको सडकलाई पार्किङ निशेष क्षेत्र बनाउन संचालन गरिरहेको अभियानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ सहकार्य गरेर अगाडि बढेको बताए ।