RUMPUM
animated ellipse animated ellipse

विएफएम र झिः पुन्चमा होली मिलन कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७३, आईतवार १९:१५
3
Shares
विराटनगर, २९ फागुन / विगतका वर्षहरु झैँ यस वर्ष पनि विराटगर ७ मा रहेको विएफएम ९१.२ ले आज आइतबार अपराहन्न होली मिलन कार्यक्रम गरेको छ ।
holi IMG_5962एफएमको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यममा सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थीति रहेको थियो । सो अबसरमा शुभकामना आदान प्रदान गरिनुका साथै एक आपसमा अविर दलेर होली भनाइएको थियो ।
IMG_5968कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले विएफएमले वर्षेनि सामाजिक दायीत्व समेत निर्वाह गरिरहेको बताउदै सरकारले एफएम रेठियोहरुको समेत वर्गिकरण गरि सेवा सुविधा दिनु पर्ने बताए । वरिष्ठ पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी, प्रेस युनियन मोरंगका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी मोरंका अध्यक्ष राम चन्द्र अधिकारी, पे्रस सेन्टरका केन्द्रीय सचिव विवेक गौतम, पत्रकार महासंघ मोरंगका उपाध्यक्ष कुमोद अधिकारीलगायतले होली पर्वको अबसरमा शुभकामना व्यक्त गरेका थिए ।
IMG_5968कार्यक्रममा विएफएम ९१.२ का कार्यकारी निर्देशक डा. शन्देशदास श्रेष्ठले नेपाल पत्रकार महासंघ मोरंका नव निर्वाचित सम्पुर्ण कार्यसमितिका पदाधाधिकारी, कार्य समित सदस्यहरु, केन्द्रीय तथा प्रदेशका पार्षदहरुलाई वधाइ तथा सुभकामना दिए । उनले आगामी दिनमा मोरंगका पत्रकारहरुलाइ व्यवसायीक पत्रकारिताको विकासमा लागि पर्न अग्रह गरे ।
डा श्रेष्ठले पत्रकारहरुले आफु कार्यरत सञ्चार माध्यमको विकाश र उत्थानमा पनि लाग्न सुझाव दिनका साथै होली पर्वका अबसरमा सम्पुर्ण श्रोता तथा उपस्थीत सञ्चारकर्मीहरुलाई शुभकामना व्यक्त गरे ।
सो अबसरमा गायक सुमित खड्काले विभिन्न गित संगीतबाट मनोरन्जन प्रदान गर्नुका साथै नाचगान समेत गरेर होली मनाइएको थियो ।
holiत्यसैगरी विराटनगर–१३ मान रहेको झिः पुन्च विराटनगरले फागु पर्णिमाको अवसर पारेर हाली मिलन कार्यक्रम गरेको छ ।
IMG_5983कर्यक्रममा झिः पुन्चका महासचिव तथा पर्यटन व्यवसायी भविश श्रेष्ठ, झिः पुन्चका पुर्व अध्यक्षहरु राजन श्रेष्ठ, लोकिन्द्र मल्ल, गोपाल जोशी र सुर्दशन श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर