खबर पूर्वाञ्चल
विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले फन फिस्टा कार्यक्रमको आयोजना गरेको हो ।
कलेज परिसरमा गरिएको कार्यक्रममा नृत्य र गायन प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कलेजले अगाडि आयोजना गरिसकेका कविता, निबन्ध, चित्रकला, हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगीताहरूको समेत पुरस्कार वितरण गरिएको थियो । पुरस्कार भानु उच्च माविका अध्यक्ष महेन्द्र सिटौला, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना, प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, प्राचार्य मोहनकुमार श्रेष्ठलगायतले वितरण गरेका थिए ।
उद्यमशीलता विकास तथा प्रयोगात्मक शिक्षाका लागि विद्यार्थीहरुले विभिन्न स्टलहरू राखेका थिए । विद्यार्थीहरू आफैँले विभिन्न परिकार वनाएर स्टलमा राखेर बिक्री गरेका थिए । यसैगरी स्टलमा खेलहरू तथा विज्ञान प्रविधि प्रदर्शनी समेत समावेश गरिएको थियो ।
विद्यार्थीहरुलाई व्यवसायमा अग्रसर गराउन र उनीहरुको उद्यमशीलता र क्षमता विकास होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कलेजका को–अर्डिनेटर रमेश पाण्डेले बताए । साथै अतिरिक्त क्रियाकलाप अन्तर्गतका विभिन्न विद्यामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पढाइसँगै अन्य कुरामा अग्रसर गराउन कलेजले हरेक बर्ष विद्यार्थीहरुलाई सम्मान गर्ने गरेको पाण्डेले बताए ।
कार्यक्रमको अवसरमा गत बर्षको कक्षा ११ को बार्षिक परिक्षामा छात्र तर्फ प्रथम निशान्त पाण्डे र छात्रा तर्फ प्रथम पुजा चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी कलेजकी पूर्व विद्यार्थी तथा भानु कलेजबाट विद्यावारिधी गर्ने पहिलो विद्यार्थी उप–प्रध्यापक सुभाङगी सुवेदीलाई विशेष सम्मान गरिएको थियो । उनले कोरियाको जोनबुक नेशनल युनिभर्सिटिबाट विद्यावारिधी गर्ने क्रममा गरेको अनुसन्धान र रसायनशास्त्र अनुसन्धानको क्षेत्रमा गरेको योगदानको कदर गर्दै युनेस्को अन्तर्गतको संस्था ट्वासले ५० हजार अमेरिकी डलर राशीको अन्तराष्टिय महिला पुरस्कार प्रदान गरेको थियो ।