पूर्वाञ्चल खबर
विराटनगर तीनपैनीबाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोल्छा चोक हुँदै पुन तीनपैनीमा आएर सम्पन्न भएको थियो ।
समाजसंग जेसीज जोड्ने अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवेश दुलालले बताए । स्वर्ण जयन्ती समारोह समितीका संयोजक गोपाल गुप्ताले ५० बर्ष पुगेको सुखद अवसरमा आयोजना गरिएको स्वर्ण जयन्ती सप्ताह अन्तरगतको कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने गरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने र सो को पहिलो कार्यक्रम विराटनगर रन भएको बताए।
जेसीज सप्ताह मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले विराटनगर रनलाई एतिहासिक ५० बर्षको कार्यक्रममा जोड्नु बारे प्रकाश पार्दै आगामी वर्षदेखि अझ बृहत् रुपमा रनलाई अघि बढाउने र कोशी प्रदेशको प्रतिष्ठित कार्यक्रम बनाउने तर्फ अघि बढ्ने बताए ।
कार्यक्रमका नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणीले ५० बर्ष पुगेको विराटनगर जेसीजले यस किसिमको भब्य कार्यक्रमको आयोजना गर्नु आफैमा एउटा उत्साह पूर्ण कार्य भएको र सो कार्यलाई सघाउदै स्टडी स्क्वायर एजुकेशन एड्भाइजर प्रायोजकका रुपमा जोडिनुले पनि कार्यक्रमको भब्यता महसुस आफुले गरेको बताए ।
प्रमुख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खेलको माध्यमबाट युवाहरूलाई जोड्दै स्वस्थ समाज निर्माणमा अघि बढेकोमा जेसीज धन्यवादको पात्र भएको र देश भरी १८ देखि ४० बर्ष सम्मका उर्जावान युवाहरु जोडिएको एउटा नेतृत्वदायी संस्थाका रुपमा जेसीजलाई आफू ले नियाली रहेको बताउँदै आगामी दिनमा जेसीजसंग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताए।
विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले ५० बर्षको गरिमा बोकेको जेसीजको अध्यक्षका रुपमा रहदै गर्दा विराटनगर रनलाई स्वास्थका लागि दौड भन्ने नाराका साथ अघि बढाइएको र आगामी दिनमा अझ बढी भब्य र बिराटनगरको सबै भन्दा ठुलो इभेन्टका रुपमा यो कार्यक्रमलाई अघि बढाउन आफ्नो टिम लागेको बताए ।
उक्त प्रतियोगितामा विराटनगर तथा विराटनगर बाहिरदेखि समेत खेलाडीहरुको सहभागिता रहेको थियो । ४६१ जना सहभागी मध्ये पुरुष तर्फ ओसन राई प्रथम ,अमर यादव दोश्रो ,राहुल रोय तेस्रो ,सन्तोष चौथो ,अमित बहरदार पाचौं र विपिन चौधरी छैंठो भएका थिए भने महिला तर्फ अंशु मण्डल प्रथम ,अमृता राजवंशी दोश्रो र समिक्षा डंगोल तेस्रो भएकी थिइन् ।
प्रतियोगितामा विजयी खेलाडीहरुलार्इ स्टडी स्क्वायर एजुकेसन एड्भाइजरका तर्फ बाट प्रायोजन गरिएको नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर र व्हाइट हाउस थकाली किचेन र रोयल बिर्यानीकातर्फ बाट फुड कुपन प्रदान गरिएको थियो ।