AArya
RUMPUM
animated ellipse animated ellipse

पीएनजीलाई ४ विकेटले पराजित गर्दै नेपालको आईसीसी क्रिकेट विश्वकप लिग टू मा लगातार पाँचौ जित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७९, सोमबार १९:३५
270
Shares
विराटनगर / आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले पराजित गर्दै लगातार पाँच खेलमा अपराजित रहेको छ ।

यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सवै चार खेल जितेको थियो ।

जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको छ । छैटौं स्थानमा रहेको नेपाल पाँचौं स्थानको युएई भन्दा १ अंकले पछि छ । नेपालले अब शृंखलामा दोस्रो खेल बिहीबार युएईसँग नै खल्नेछ ।

पपुवा न्युगिनीले लिएको २ सय४ रनको लक्ष्य नेपालले ४५ दहमलव २ बल खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा र्गयो । नेपालका लागि कुशल सर्वाधिक ५६ रन बनाए । भुर्तेलले ६९ बल खेल्दै ५ चौका प्रहार गरे । भुर्तेलबाहेक आशिफ शेखले ४४ रन, आरिफ शेखले ३३ रन, दिपेन्द्रसिंह ऐरीले २२ रन, कप्तान रोहित पौडेलले २० रनमा आउठ भए भने कुशल मल्ल १२ रन र सोमपाल कामी ५ रनमा अविजित रहे ।

नेपालले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको साझेदारी गरे ।

पीएनजीका लागि कप्तान असद भालाले ३ विकेट तथा नर्मन भानुअ र सेसे बाउले १–१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

पीएनजीका लागि चाड सपरले अविजित ३६ रन बनाउँदा कप्तान असद भालाले पनि ३६ रन बनाए । यस्तै सेस बाउले ३१ रन , किपलिन डफरिगाले २९ रन र नोर्मन भानुअले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिँदा कुशल मल्लले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १–१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर