खबर पूर्वाञ्चल
हस्पिटालिटी विषयमा भएको अन्तरक्रिया कार्यक्रम तीन वटा सत्रमा भएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । पहिलो शत्रमा नेपालको ठूलो फाइभ स्टार चेन होटलका लनिङ्ग र डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले सहजिकरण गरेका थिए । उनले त्रिवीको ब्याचलर इन होटल म्यानिजमेन्ट विषयको आवश्यकता र महत्वको विषयमा विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेका थिए ।
दोस्रो सत्रमा फायर फ्लेयरीङ्गको प्रस्तुती रहेको थियो । तेस्रो सत्रमा फाएभ स्टार होटल अन्नपूर्णका मास्टर सेफ पर्शुराम जिसीले आइस कार्भिङ्ग, फुड कार्भिङ्ग आदिको बारेमा जानकारी गराए ।
कार्यक्रममा कक्षा १२ का होटेल मेनेजमेन्टमा अध्ययरत १ सय ३२ जना विद्यथार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कलेजका निर्देशकद्वय शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल बोलेका थिए ।