पूर्वाञ्चल खबर
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आज विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ पोलस्टार स्कुलका रिदम दाहाल र सिनियरतर्फ माउण्ट मकालु स्कुलका चञ्चल मण्डलले चित्रकाला प्रतियोगिताको उपाधि जितेको हो ।
यस्तै कक्षा १ देखि पाँच कक्षासम्म अध्ययरत जुनियर विद्यार्थीहरुबिच आयोजना गरिएको प्रतियोगिताको द्धितीय विराटनगरको डिपिएस स्कुलका क्रिति राय, तृतीय उर्लाबारीको नेपाल आर्दश स्कुलका सुमन तामाङ्ग र सान्तवना विराटनगरको बुढानिलकण्ड स्कुलका रोनिशा दास भइन् ।
यसैगरी कक्षा ६ देखि १० कक्षासम्मको सिनियर विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय विराटनगरको बुढानिलकण्ड स्कुलकी वर्षा शर्मा, तृतीय विराटनगरको ग्रेडेड स्कुलका कृतिका यादव र सान्तवना विराटनगरकै मदरल्याण्ड एकाडेमीका निशान्त साह भए ।
प्रथम, द्धितीय, तृतीय सान्तवना हुने विद्यार्थीहरुले क्रमश ः पाँच, तीन, दुई र १ हजार रुपैयाँ र ट्रफि पाए ।
प्रतियोगितामा जिल्लाभरीका सिनियरतर्फ ३४ र जुनियरतर्फ ३० वटा विद्यालयका १४३ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाभरीको निजी विद्यालयहरुबीच प्रत्येक वर्षको प्रजातन्त्र दिवसको अवसर पारेर चित्रकाला प्रतयोगिता गर्दै आएको उनले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा देखा पर्ने उनले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा ललित संगम कला केन्द्रका अध्यक्ष जेपी चौधरी र श्री निवास पोखरेल रहेका थिए ।
प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।