पूर्वाञ्चल खबर
फाहोर व्यवस्थापनको सवालमा सबैभन्दा जटिल तथा महत्वपूर्ण पाटो अस्पतालबाट निस्किने फोहोर हो । रोगी तथा विरामीहरुले प्रयोग गरिएका गज, मास्क, ग्लोब्स तथा शल्यक्रियामा प्रयोग गरिने सामाग्रीहरु अस्पतालबाट निस्किने गरेका छन् । चोक क्षेत्रमा रहेका अस्पतालका फोहोरका डंगुरहरु छरपस्ट छरिरहदा उर्लाबारी नगरपालिकाले व्यवस्थापनको सवालमा कुनै चासो नदेखाउदा सर्वसाधारणमा विभिन्न किसिमका सरुवा रोगहरु सर्ने सम्भावना बढेको छ ।