पूर्वाञ्चल खबर
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज विराटनगरमा आयोजित लागु औषध नियन्त्रण विषयक अन्तरक्रियामा सहभागीहरुले दुव्र्यसनीहरुलाई घरपरिवार, समाज, शिक्षक , प्रहरीले जनचेतना एवं आवश्यक निगरानीका साथ स्नेहपूर्ण व्यवहारबाट कुलतबाट हटाउने कार्य गर्नुपर्ने विचार राखेका छन् ।
यस्तै सहभागीहरुले विद्यालय, मठमन्दिर नजिकका क्षेत्रमा सूर्तिजन्य, मदिरा विक्री वितरणमा बन्देज लगाउनु सुझाव दिनु भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमा क्षेत्रमा लागु पदार्थ सेवन कार्यलाई निरुत्साहित गर्न जनचेतना अभियान सञ्चालन गरेको बताए । उनले युवा पुस्तालाई लागु पदार्थबाट टाडा राख्न आवश्यक वित्तचित्र लगायतका जनचेतनाका कार्यक्रम विद्यालय एवं टोल टोलमा सञ्चालन गर्नुपर्ने आवश्यक्त्ता रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, नेपाल स्काउटका विद्यार्थी, लागु पदार्थ दुव्र्यसनी सुधार केन्द्रका प्रतिनिधि,स्थानीय पालिका, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो । सो अवसरमा प्रहरी निरीक्षक मोहन पोखरेल विश्वमा लागु औषधको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङले चालु आर्थिक वर्ष २०७९ः मा लागु औषध ओसार पसार कार्यमा संलग्न भएका १६५ जनालाई पक्राउ गर्नुका साथै १३७ बटा मुद्दा दर्ता गरिएको जानकारी गराइयो ।