पूर्वाञ्चल खबर
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार आज साँझमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की प्रदेशका चौथो मुख्यमन्त्री भएका छन् ।

प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज साँझ ५ बजेसम्मको समय दिएका थिए । सो समय अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए ।
मुख्यमन्त्री कार्कीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्कीले भोलि नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् ।