AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को प्रदेशसभा पहिलो बैठकले दुई वटा अध्यादेश पारित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७९, आईतवार १५:३९
414
Shares
विराटनगर /प्रदेश १ को प्रदेशसभा पहिलो बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित गरेको छ ।

आज बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ पारित भएको हो । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयताकार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताए ।

हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामीआफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनिक रुपमाकर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागिप्रदेश निजामती सेवाअध्यादेश २०७९ सदननभएको बेला आवश्यक देखिएकाले ल्याएका हौँ ।’

सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवाअध्यादेश २०७९ र केहीप्रदेश ऐन संशोधनअध्यादेश २०७९ जारी गरेको थियो । आजको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि पारित गरेको छ ।

आजको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर