उर्लाबारी, २६ फागुन ।/ मोरङको राजघाट ७ स्थित प्रभात आधारभुत विद्यालय अगाडी रहेको होलिमा प्रखाल लगाउनको लागि केबिआई ग्रुपले सहयोग गरेको छ ।
विद्यालयमा एक कार्यक्रममा बिच सस्थाकी संयोजक कसल लिम्बुले नगद ५० हजार विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र सुब्बा लाई हस्तान्तरण गरिन । भिम पन्धाक कसल लिम्बू र इन्द्र खापुङले सयुक्त रुपमा उक्त रकम सहयोग गरेका हुन ।
होलिमा पर्खाल लगाउन अनुमानित ५ लाख लाग्ने बताइएको छ । यसाघी राजघाट गाबिसले २ लाख ५० हजार सहयोग गरिसकेको छ भने अब २ लाख रुपैयाँ अपुग भएको प्रअ मोहन चापागाईंले बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्र सुब्बाको सभापतितबमा भएको कार्यक्रममा आदिवासी जनजाती महासङ मोरङका उपाध्यक्ष नरबहादुर मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यकममा नेपाली कांग्रेस गाउँ सभापति बाबुराम बुढाथोकी राप्रपाका प्रेम पौडेल एमालेलेका कुलबहादुर कार्की, समाजसेबी बलबाहादुर घिसिङ स्थानीय युवा साङेहाङ तुम्बाहाम्फे योबहाङ तुम्बाहाम्फे पत्रकार तेजन खड्का लगायतले बोलेका थिए ।