नवीन पौडेल
विराटचोक, २५ फागुन कोशी हरैचा ९ मा रहेको ब्राइट फ्युचर माबिले आफ्नो २५ औं बर्ष अवसरमा विहिबारदेखि शैक्षिक प्रदर्शनी तथा अभिभावक दिवस गर्ने भएको छ ।
बिद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीले बनाएका बिज्ञान तथा हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिने बिद्यालयले जनाएको छ । प्रदर्शनीमा बिज्ञानका ५२ वटा र हस्तकला सहित ५ सय बढी सामाग्री रहने बिद्यालयका प्रिन्सिपल टिकाराम ढकालले जानकारी दिए ।
बिद्यालयको रजत महोत्सवमा बिद्यालयमा यहि फागुन १० देखि १२ गते सम्म खेलकुद भएको र सो खेलमा उत्कृष्ट खेलाडीलाई पुरस्कार समेत बितरण गरिने प्रिन्सिपल ढकालले जानकारी दिए ।
ढकालले बिद्यालयका पुर्ब विद्यार्थी बिद्यालयको गौरव भएकाले सम्पुर्ण पुर्ब विद्यार्थीलाई महोत्सवमा उपस्थित हुन आग्रह समेत गरे । महोत्सव बिहिवार र शुक्रबार सम्म चल्ने छ ।