AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ २ मा सुजाता र ऋषिकेशबीच कडा प्रतिस्पर्धा, ५७ मतले सुजता अगाडि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७९, मंगलवार १६:५३
3
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ।

पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग कडा प्रतिस्पर्धा सुरु भएको हो।

पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसकी सुजाताले कोइरालाले ४३७० मत ल्याएर अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी एमालेका ऋषिकेश पोखरेलले ४३१३ मत ल्याएर पछ्याएका छन् ।

यहाँ केही पहिले सुजताले अग्रता लिएकी थिइन्। जम्मा १ लाख २४ हजार ७ सय २९ जना मतदाता रहेको यो क्षेत्रमा ८० हजार १२७ जनाले मतदान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर