AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७९, सोमबार १८:२९
1.16k
Shares
विराटनगर / विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले आज कक्षा –११ र १२ का विद्यार्थीहरुको लागि बक्तृत्वला प्रतियोगिता सम्पन्न गरेको छ ।

“सामाजिक अपराध नियन्त्रणमा युवाको भूमिका” विषयको उक्त प्रतियोगितामा कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा नेपाली र अंग्रजी दुबै विधामा सञ्चालन भएको थियो । प्रतियोगीतामा सहभागिहरुले समाजमा भइरहेको जल्दो बल्दो विकृति र विसंगति हटाउन गर्न सकिने उपायबारे दमदार प्रस्तुती दिएका थिए ।

प्रतियोगितामा अंग्रेजी तर्फ प्रथम क्रिथा पोखरेल,दोस्रो रानी साह, तेस्रो स्तुति सुवेदी तथा रोहित कुमार सिंह ,शान्त्वना स्थान प्राप्त गरेका थिए भने नेपाली तर्फ प्रथम प्रिन्स भगत, दोश्रो क्रिस्टा पोखरेल, तेश्रो आशिष आचार्य, एलिना रेग्मी शान्त्वना स्थान प्राप्त गरेका थिए । विजयी विद्यार्थीहरुलाई कलेजका अध्यक्ष गुणराज ढङ्गेल, प्रिन्सीपल लक्ष्मण ढकाल, प्रा. डा. पि.के.झा, लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा नेपाली तर्फको निर्णायकमा कवि तथा साहित्यकार विवस पोख्रेल र अंग्रेजी तर्फको निर्णायकमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक राजन दत्तले गरेका थिए ।
प्रतियोगिताको सञ्चालन कलेजकी कक्षा – १२ की छात्रा तथा बाल क्लव विराटनगरकी संयोजक क्रिस्टीना निरौलाले गरेकी थिइन् । विद्यार्थीहरुलाई शैक्षिक वाहेक अन्य वृत्ति विकास गर्न कलेजले विभिन्न अतिरिक्त क्रियाकलाप वार्षिक शैक्षिक क्यालेण्डरमै राखेको कुरा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले बताउनु भयो । स्मरण रहोस मेरिल्याण्ड प्रदेश १ कै ब्यवस्थापन शिक्षामा अग्रणी शैक्षीक संस्था हो ।

मेरिल्याण्डकी छात्रा दिया अग्रवालले २०७९ सालको कक्षा –१२ वोर्ड परीक्षामा सर्वाधिक ३.९६ जि.पी.ए. ल्याएर नेपाल प्रथम भएकी थिइन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर