उर्लाबारी, २४ फागुन / प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा जारी प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगितामा रिलायन्स र सुनगाभा विजयी भई उपाधि नजिक प्रवेश गरेका छन् ।
मंगलबारको पहिलो सेमिफाइनल खेलमा रिलायन्स इङ्गली बोर्डङ स्कुल मधुमल्लाले पशुपति बोर्डिङ स्कूल मंगलबारेलाई २–१ कोे गोल अन्तरले पराजित गरी फाइनको यात्रा तय गरेको हो । रिलायन्सका सानी मगर र कृतेश श्रेष्ठले १–१ गोर गरेका थिए भने पशुपतिका शैलेस राउतले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच पशुपतिका निरज राना मगर घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा सुनगाभा बोर्डिङ स्कूल उर्लाबारीले सनसाइन बोर्डिङ स्कूल मंगलबारेलाई १–० कोे गोल अन्तरले पराजित गरी फाईनलको यात्रा तय गरेको छ । खेलको एक मात्र निर्णयक गोल सुनगाभाका सन्देश राईले गरेका थिए । खेलको म्यान अफ द म्याच सुनगाभाका जियस लिम्बु घोषित भए । फाइनल खेल बुधबार हुने छ ।