AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका नवलप्रसाद उपाध्यायको स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ आश्विन २०७९, बुधबार ११:०९
216
Shares
विराटनगर / विराटनगर-५ निवासी नवलप्रसाद उपाध्याय नेपाल स्काउटको राष्ट्रिय प्रशिक्षकमा पदोन्नति भएको छ ।

नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरले आज प्रकाशीत गरेको नतिजामा उपाध्याय उतिर्ण हुँद राष्ट्रिय प्रशिक्षक बनेका हुन् । उपाध्याय विद्यालय जीवनदेखिनै स्काउटमा सकृय रुपमा लाग्दै आएका थिए । स्काउटको आधारभूत तालिम लिएर विद्यालय तथा कृयूहरुमा युवा तथा बालबालिकालाई स्काउट सिकाउन थालेका उपाध्यायले २०७२ सालमा झापाको, चन्द्रगडी वुडवायज तालिम लिए थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्काउटका गतिविधिमा सम्लग्न हुँदै आएका उपाध्यायले स्काउटका विभिन्न जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरिसकेका छन् उनले यसअघि सहायक राष्ट्रिय प्रशिक्षकको जिम्मेवारीमा रहेर धेरै वटा तालीमको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । नेपाल स्काउटले निर्धारण गरेको मापदण्डअनुसार राष्ट्रिय प्रशिक्षकमा सफल भएका उपाध्याय विश्व स्काउट अन्तरगत एसिया प्यासिफिक क्षेत्रको विविधता र समावेशीकरण उपसमितिका सदस्यको जिम्मेवारी पनि सम्हादै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर