उर्लाबारी, २३ फागुन / पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उर्लाबारी–४ मा रहेको उर्लाबारी परोपकार केन्द्रको उद्घाटन गरेका छन् ।
जेष्ठ नागरिकहरुलाई लक्षित गरी स्थापना गरिएको सो संस्था आइतबार एक कार्यक्रमको आयोजना गर्दै ओलीले सेवा केन्द्रको भवन शुभराम्भ गरेका हुन् ।
जेष्ठ नागरिकहरुका लागि स्थापना गारिएको सो केन्द्रको ओलीले खुलेर प्रशंसा गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
परोपकार सेवा केन्द्र उर्लाबारीले ६० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई ‘डे–बोडर्स’को रुपमा काम गर्ने सचिव राजु बुढाथोकीले जानकारी दिए । दिनको समयमा उनीहरुलाई मनोरञ्जनात्मक वातवरण सिर्जना गरिदिने,चिया नास्ताको व्यवस्था परोपकरा सेवा केन्द्रले गरिदिने छ । यसका लागि इच्छुक जेष्ठ नागरिकले संस्थामा आएर फारम भर्नुपर्ने बुढाथोकीले बताए ।
२०६६ सालमा स्थापीत सो संस्थाको अध्यक्षमा गंगा खरेल,उपाध्यक्षमा प्रेमचन्द्र बाहेती,सहसचिवमा यमुना राई र कोषाध्यक्षमा चेतन सिग्देल रहेका छन् ।
संस्थाले आफ्नो अढाई कठ्ठाको जमिनमा ५२ लाख खर्चिएर सुविधा सम्पन्न भवन निर्माण गरेको जग्गा दाता गोविन्द सुवेदीले जानकारी दिए । विभिन्न व्यक्ति,दाताहरुबाट संकिलत रकमबाट भवन निर्माण गरिएको सुवेदीले बताए । भवनमा एक्लोपन महसुस गर्ने जेष्ठ नागरिकहरुलाई लक्षित गरेको उनको भनाई छ ।