AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ल्याण्डफिल्ड साइडमा सेफ्टी ट्यांकीको ढल फ्याँल्न निषेध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ भाद्र २०७९, मंगलवार १८:१०
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले विराटनगर–६ स्थित ल्याण्डफिल्ड साइटमा घरको सेफ्टीट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निर्णय गरेको छ ।

खुल्ला रुपमा सेफ्टीट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल नजिकै रहेको ल्याण्डफिल्ड साइट सेफ्टीट्यांकीको ढल फ्याँक्न निषेध गरेको हो ।

शौचालयको फोहोर सेफ्टीट्यांकीमा राखेर ल्याण्डफिल्ड साइट लगेर फ्याँक्ने गरिएको थियो । जसले आसपासको क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै झिंगाले समेत दुःख दिएको भन्दै स्थानीयले महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । अझ सेफ्टीट्यांकीले बाटोमा समेत फोहोर झार्दै हिंड्ने गरेको स्थानीयको भनाइ थियो । त्यसैलाई ध्यानमा राखेर महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेको छ । उक्त स्थान साझेदार संस्थाले भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएका छन् ।

ल्याण्डफिल्ड साइडमा सेफ्टीट्यांकीको फोहोर फ्याँक्न नदिन साझेदार संस्थाका प्रतिनिधि पनि सहमत भएका छन् । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहितको साझेदार संस्थाका प्रतिनिधिसँगको बैठकले महानगरको फोहोर संकलनका क्रममा तोकिएको शुल्कभन्दा बढी लिएको पाइए कडा कारबाही गर्ने निर्णयसमेत भएको छ ।

“साझेदार संस्थाले फोहोर संकलन गर्दा तोकिएको शुल्कभन्दा बढी लिइएको पाइए कडा कारबाही गर्छौं,” मेयर कोइरालाले भने, “कसैले त्यस्तो गरेको छ भने प्रमाणसहित महानगरमा आउन म महानगरवासीलाई आग्रह पनि गर्छु ।” साझेदार संस्थाहरूलाई सम्झौतामा उल्लेख भएबमोजिम कार्यतालिकाअनुसार फोहोर उठाउन मेयर कोइरालाले निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर