खबर पूर्वाञ्चल
अदालतको २०७८ साल मंसिर २३ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन २ दिन कैद र दश हजार जरीवाना तोकिएता पनी हालसम्म फरार रहदै आएका रामधुनी नगरपालिका २ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका दाहाललाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटीएको प्रहरी टोलिले आज दिउँसो गाउँघरबाट नै पक्राउ जनाएको छ। पक्राउ परेका दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत मोरङ बुझाईएको छ ।