पूर्वाञ्चल खबर
भानु कलेज विज्ञान, व्यवस्थापन तथा शिक्षा संकायतर्फ अध्ययन अध्यापन गराउने प्रदेश १ कै उत्कृष्ट कलेज मध्ये एक हो । कलेजले प्रत्येक बर्ष विज्ञान तथा व्यवस्थापन संकायतर्फ ३५० को हाराहारीमा भर्ना लिने गर्दा ३५० सिटका लागि लिएको प्रवेश परीक्षामा ६५० भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजको प्रिन्सिपल मोहनकुमार श्रेष्ठले बताए ।
प्रदेश १ र २ का विद्यार्थीहरु सहभागी रहेका प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरु मध्ये कलेजको विधमान क्षमता अनुसार कक्षा ११ जम्मा ३५० जना मात्र भर्ना लिन सकिने कुरा प्रिन्सिपल श्रेष्ठले बताए ।