AArya
RUMPUM
animated ellipse animated ellipse

फलामको मुस्ली प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०७९, बुधबार १७:५६
531
Shares
तेह्रथुम / आफ्नै बुवालाई फलामको मुस्ली प्रहार गरी हत्या गरी फरार रहेका २४ बर्षीय टंकबहादुर भण्डारी पक्राउ परेका छन् ।

उनले हिजो बिहान ५३ बर्षीय बुवा भक्तबहादुर भण्डारीलाई घरायसी विवाद हुदाँ धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि सक्त घाईते बनाई फरार भएका थिए । घाईते भक्तबहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै विहान सँवा ७ बजे मृत्यु भएको थियो ।

वारदात पश्चात फरार रहेका छोरा टंकबहादुरलाई जिल्लाहरूमा जान सक्ने नाकाहरूमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, ईलाका प्रहरी कार्यालय बसन्तपुरलगायत मातहत प्रहरी कार्यालयहरुबाट प्रहरी परिचालन गरि खोजतलास गर्दै जाँदा हिजै राती साढे ९ बजे तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर