AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कूलका तीन विद्यार्थी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७९, सोमबार ०८:२३
2.2k
Shares
विराटनगर / मोरङको बुढीगंगा २ टङ्किसिनवारीमा रहेको जेभियर्स इ.स्कुलका तीन विद्यार्थी डा. ए. पी. जे. अब्दुल कलाम आउटस्ट्यान्डिङ अन्तर्राष्ट्रिय अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।

सम्मानित हुनेमा कक्षा ११ की छात्रा स्वरिका झाँगर र कक्षा १२ की छात्रा नुमा लिम्बू र टिना थापा मगर रहेका छन् । भारतका पूर्व राष्ट्रपति तथा महान वैज्ञानिक डा. कलामको नाममा विश्वका विभिन्न मुलुकका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई सम्मनित गर्ने उद्देश्यले हिमाक्षरा साहित्य संस्था भारतद्वारा स्थापना गरिएको उक्त सम्मान कार्यक्रमको १४ औं अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा गरिएको थियो।

ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले उनीहरुलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा विभिन्न १४ देशका ५० जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई सम्मनित गरिएको थियो। उक्त सम्मेलनमा कुवेतका डा.महेश अय्यर र साउदी अरेबियाका तजिन लगायत भिक्टर जोसेफले शिक्षा सम्बन्धी आफ्ना विचारहरू राखेका थिए।

वि.सं.२०७२ सालदेखि विराटनगरका विभिन्न कलेजमा अध्यापन गराउने प्रबुद्ध शिक्षक तथा प्राध्यापकहरूको समूहबाट सञ्चालित यस विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्ममा ८२३ विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयका प्राचार्य परेश पोखरेल बताए । भर्खरै सम्पन्न अन्तर बिद्यालय एसर्इर्इ कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल विराटनगरको उत्तरी भूभागमा एक उत्कृष्ट शैक्षिक संस्थाको रूपमा उदयमान यस विद्यालयमा कक्षा ११ र १२ व्यवस्थापन विषयमा पठन पाठन भइरहेको जानकारी विद्यालयका माध्यमिक तहका को-ओर्डिनेटर तुलसी खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर